उद्योगमा आगलागी: नौ घण्टा वित्दा पनि आगो नियन्त्रणमा आएन  [अपडेट]

सुनसरी, २३ चैत । सुनसरीको इटहरी–१२ स्थित खनारको तिरुपति प्लाई उद्योगमा लागेको आगो ९ घण्टा वितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । सोमबार बिहान करिब ७ बजेबाट लागेको आगो दिउँसोको ३ बजे सम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।

आगलागीको कारण पत्ता नलागेपनि विद्युत सर्ट भएर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट उद्योगमा रहेको कच्चा पदार्थ जिन्सी सहित महत्वपुरर्ण कागजपत्र जलेको सोही फ्याक्ट्रीका कर्मचारीले उमेश कुमार उराउले जानकारी दिए । बिहान ७ बजे कर्मचारीहरु काममा आउनु अघि नै आगलागी सुरु भएको उनीहरुले बताए ।

सप्तरी, सुनसरी, मोरङ र झापाका करिब १५ ओटा बारुण विभिन्न निकायका सुरक्षाकर्मी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । तर काठैकाठको ठाउँ तथा हावाका कारण आगलागी नियन्त्रणमा लिन कठिनाई भईरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

सो उद्योगमा करिब ३ सय कर्मचारी कार्यरत रहेका छन् । आगलागी नियन्त्रण भईनसकेकाले कति मुल्य बराबरको क्षति भन्ने यकिन हुन सकेको छैन ।

यो पनिः

इटहरीको एक उद्योगमा भिषण आगलागी

Author:



क्याटोगरी छान्‍नुहोस