प्लाई उद्योगमा लागेको आगो २४ घण्टापछि नियन्त्रणमा

सुनसरी, २४ चैत । ईटहरी उपमहानगरपालिका वडा नम्बर १० खनारको तिरुपति प्लाई उद्योगमा लागेको आगो २४ घण्टा पछि आगलागी नियन्त्रणमा आएको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार प्लाई उद्योगमा सोमबार विहान ७ बजेबाट भएको आगलागी मंगलबार विहान ९ बजे मात्र नियन्त्रणमा आएको हो । आगलागीबाट उद्योग पुर्ण रुपमा क्षति भएको छ ।

आगोबाट उद्योगको १० प्रतिशत सामग्री भने जोगिएको डिएसपी केसीले बताए । आगोलाई नियन्त्रणमा लिनका लागि सप्तरी, सुनसरी, मोरङ र झापाका १५ दमकल सहित नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय २४ घण्टा खटिएको डिएसपी केसीले बताए ।

उद्योग भित्रका प्लाईहरुमा आगो निभाउने क्रम जारी रहेपनि यसलाई नियन्त्रणमा आएको भन्नुपर्ने डिएसपी केसीको भनाई छ । ठुलो उद्योगमा आगो लागेका कारण क्षतिको विवरण आउन केही समय लाग्ने बताइएको छ । हाल उक्त उद्योगमा करिब ३ सय कर्मचारी कार्यरत छन् ।

यो पनिः

इटहरीको एक उद्योगमा भिषण आगलागी

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780