कालो सूचीमा परे यी ११ वटा कम्पनी (सूचीसहित)

जनकपुरधाम । एघार वटा निर्माण कम्पनी र आपूर्तिकर्ता कालो सूचीमा परेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयबाट मंगलबार सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

कालो सूचीमा परेका कम्पनीहरूमा हेटौँडाको हेटौँडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृति कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन छन् । यसैगरी मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौँको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर. एर निर्माण सेवा र मकवानपुरकै बि.ब्रदर्श निर्माण सेवा कालो सूचीमा परेका छन् ।

ती कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ । सडक विभाग, सडक डिभिजन कार्यालय हेटौँडाले लेखी पठाए बमोजिम ११ वटै कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस