भारतमा २४ घण्टामै थपिए १ लाख २६ हजार कोरोना संक्रमित

जनकपुरधाम । भारतमा एकै दिन एक लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २६ हजार ३१५ जना संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या एक करोड २९ लाख २६ हजार ६१ जना पुगेको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट ६८४ जनाको मृत्यु भएको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ जना पुगेको वल्र्डोमिटर्सको तथ्यांक छ । हाल भारतमा नौ लाख १० हजार २६४ सक्रिय संक्रमित छन् ।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ भने कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू समेत घोषणा गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस