बोदे बरसाईनका महिलालाई सक्षम बनाउन तालिम

राजविराज, २९ चैत । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित चन्द्रा नमुना माध्यमिक विद्यालयमा पाँच दिवशीय आधारभूत तालिम सम्पन्न भएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले तालिमको आयोजना गरिएको थियो ।

नगरभित्र गठन भएका महिला समूहका पदाधिकारीहरूलाई सक्षम बनाउने उदेश्यले आयोजना गरिएको सो तालिममा समूहआवद्ध ६० जना पदाधिकारीहरुलाई सहभागी गराइएको समाजिक परिचालक बिभा यादवले जानकारी दिइन् ।

तालिममा प्रशिक्षण निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, महिला बालबालिका शाखा प्रमुख कला चपागाइँ, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका नायब निरीक्षक अरूण कुमार सिंहले प्रशिक्षण दिएका थिए ।

सिसुवा महिला बिकास समूहकी उपाध्यक्ष एवं वडा नम्बर ६ की वडा सदस्य सुमिन्द्रा यादवको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच तालिम सम्पन्न भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस