संगठन नै शक्ति हो: डा.सिके राउत

कमल कुमार मण्डल
जनकपुरधाम । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सिके राउतले संगठन नै शक्ति रहेको बताएका छन् । मधेशको ऐतिहासिकस्थल जनकपुरधामको बाह्रविघामा शनिवार सोही पार्टीका महाधिवेशनमा बोल्दै उनले यस्तो बताए हुन् ।

संगठन विना कुनै अस्तित्व नहुने बताउँदै उनले संगठन प्रति ध्यान दिएर काम गर्न आवश्यक रहेको छ । कंशराजलाई अन्त्य गर्न पुर्ण रुपले चुनावको तयारी गर्न कार्यक्रताहरुलाई निर्देशन दिदै डा. राउतले आफ्ना मात्रभुमीलाई डटेर सेवा गर्न आग्रह समेत गरे ।

राउतकै प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा हजारौं आम जनताहरुको उपस्थिती रहेको थियो । मतदानतर्फ पार्टीका केन्द्रिय कार्यकारिणी समितिका लागी ४ हजार ५ सय प्रतिनिधिहरुले निवार्चनमा मतदान गरेको निर्वाचन समितिका प्रमुख सञ्जय कुमार सिंहले जानकारी दिए ।

अधिवेशन मुल समितिका संयोजक अनिता साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा विभिन्न जिल्लाबाट करिब ३ दर्जनभन्दा अतिथिहरुको सहभागीता रहेको थियो । सोही कार्यक्रममा पार्टीको राजनितिक पृष्ठभुमी, विद्यान समेत प्रस्तुत गरिएको छ भने पार्टीका नेता अब्दुल खान, बसन्त कुशवाहालगायतका नेताहरुले प्रशिक्षण समेत दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस