प्रदेश २ मा बढ्दो कोरोना संक्रमण, फेरी २८ जना थपिए

जनकपुरधाम । पर्साको वीरगञ्जमा आइतवार थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासका अनुसार ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २३ जना पर्साकै हुन् । यसैगरी बाराका ५ जना रहेको उनले बताए । संक्रमित २८ जनामध्ये १७ जना पुरुष र ११ जना महिला छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस