टिपर दुर्घटनाः १० घण्टापछि आफन्तले बुझे शव

इटहरी, ३० चैत । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट मृत्यु भएका कर्णबहादुर गुरुङको शब १० घण्टापछि आफन्तले उठाएका छन् । दुर्घटनामा घाइते भएका गुरुङलाई ड्राइभरले टिपर ब्याक गरेर मारेको मुचुल्कामा उल्लेख गरेपछि आनफन्तले शब बुझेका हुन् ।

आइतबार दिउँसो सवा २ बजेतिर इटहरी १ गंगामार्गमा प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको टिपरको ठक्करबाट स्थानीय ८१ वर्षीय गुरुङको मृत्यु भएको थियो । आक्रोशित स्थानीयले १० घण्टासम्म सडक अबरुद्ध पारेका थिए । मृतकका आफन्तले ब्याक गरेर मारेको, ड्राइभर र ट्रिपरलाई घटनास्थलमै ल्याउने पर्ने जस्ता माग राख्दै आएका थिए ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार दुर्घटनामा मृत्यु भएको १० घण्टापछि रातको १२ बजे मात्रै आफन्तले शब बुझेका हुन् । ब्याक गरेर नियतबस रुपमै मारेको भन्ने मुचुल्का उठाएपछि मात्रै शव उठेको डिएसपी तिम्सिनाले जानकारी दिए ।

मुचुल्कामा ट्रिपरले नियतबस रुपमै ब्याक गरेर मारेको र नियमअनुसार क्षतिपूर्ति पाउनुपर्ने भन्ने सहमति भएपछि शव उठेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस