राजविराज उच्च बारमा लोकतान्त्रिक समूहको वर्चश्व

राजविराज । जनकपुर उच्च अदालत राजविराज इजलासस्थित राजविराज उच्च बार एसोसिएसनको कार्यकाल (२०७८–७९) को लागि कार्य समिति निर्वाचन शनिबार सम्पन्न भएको छ । बारको निर्वाचन समितिले आइतबार प्रकाशित गरेको निर्वाचन परिणाम अनुसार उच्च बारको कार्य समिति अध्यक्ष पदमा अधिवक्ता भरत प्रसाद यादव निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समूहका यादवले १०६ मत ल्याएर विजयी हासिल गरेका हुन् छ भने वाम समूहका अधिवक्ता पुण्य प्रसाद यादवले ५२ मत ल्याएका छन् । निर्वाचनमा सहभागी लोकतात्रिक समूहकै एक खेमाको नेतृत्व गरेका अधिवक्ता नवीन सिंहले ४० मत ल्याएको निर्वाचन समितिका संयोजक अधिवक्ता शिव कुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । उच्च बारको वर्तमान अध्यक्ष अधिवक्ता रामानन्द साह हुन् ।

पछिल्लो कार्यकालका लागि लोकतान्त्रिक समूहबाटै निर्वाचित साहले २०७८–७९ को कार्यकालका लागि निर्वाचित अध्यक्ष यादवलाई नेतृत्व हस्तान्तरण गर्नेछन् । नवनिर्वाचित कार्य समितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्षसमेत लोकतान्त्रिक समूह नै विजयी भएको छ भने कार्य समितिका आठ सदस्यमध्ये ६ जना लोकतान्त्रिक समूहका र दुई जना वाम समूहका निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रीय पार्षद १० पदमध्ये ८ जना लोकतान्त्रिक समूहबाट र २ जना वाम समूहबाट निर्वाचित भएका छन् । पदाधिकारीहरूमा वाम समूह दोस्रो स्थानमा र अर्को लोकतान्त्रिक खेमा तेस्रो स्थानमा रहेको छ । कार्य समिति उपाध्यक्ष पदमा अधिवक्ता बालकृष्ण ढुंगाना (८६) निर्वाचित भएका छन् छ भने दोस्रो स्थानमा अधिवक्ता पार्वती राउत (७४) र तेस्रो स्थानमा अधिवक्ता कृष्ण कुमार केसी (३९) रहे ।

सचिव पदमा अधिवक्ता समिम अख्तर अली (७९) विजयी भए भने दोस्रो स्थानमा अधिवक्ता मनोज देव (६१) र तेस्रो स्थानमा अधिवक्ता धर्मेन्द्र प्रसाद यादव (५३) छन् । त्यस्तै कोषाध्यक्ष पदमा अधिवक्ता उपेन्द्र यादव (९६) विजयी भएका छन् । उनी लगातार दोस्रो पटक कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कोषाध्यक्ष पदका अर्का उम्मेदवार अधिवक्ता तेज नारायण चौधरी (४९) दोस्रो स्थानमा र अधिवक्ता उमाशंकर देव (४६) तेस्रो स्थानमा छन् । कार्य समितिको सहसचिव पदमा अधिवक्ता दानो कुमारी यादव यसअघि नै निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ ।

कार्य समितिको सदस्य पदमा अधिवक्ता राम कुमार यादव (११०), अधिवक्ता सन्तोष कुमार चौधरी (१०५), अधिवक्ता किसुनदेव ठाकुर (९३), अधिवक्ता गिरेन्द्र कुमार यादव .(९१), अधिवक्ता प्रेम कुमार आले (८९), अधिवक्ता अनिल कुमार झा (८९), अधिवक्ता जय प्रकाश साफी (८३) र अधिवक्ता राज कुमार साह (८२) निर्वाचित भएका छन् । झा र आले वाम समूह र अन्य सबै लोकतान्त्रिक समूहकै हुन् ।

यसैगरी पार्षद् पदमा अधिवक्ता अशोक कुमार झा (१३१), अधिवक्ता नारायण प्रसाद साह (१२६), अधिवक्ता डा. हेम कुमार मिश्रा (१२४), अधिवक्ता रणधीर कर्ण (१२१), अधिवक्ता मिथिलेश चन्द्र लाभ (११६), अधिवक्ता जय कुमार गोइत (११०), अधिवक्ता बालकृष्ण कार्की (१०६), अधिवक्ता कौशल किशोर दत्त (१००) र अधिवक्ता कृष्ण चन्द्र यादव ‘पिन्टु’ (९८) निर्वाचित हुनुभएको छ ।

कार्की र गोइत वाम समूहबाट र अन्य लोकतान्त्रिक समूहबाट हुन् । निर्वाचनमा २१४ जना मतदाता भएकोमा २०४ वटा मत खसेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस