मालपोत र प्रशासन कार्यालयमा पैसाको चलखेल भइरहेको माओवादी केन्द्रको दावी

राजविराज, ३० चैत । सप्तरीस्थित भुमि सुधार तथा मालपोत र जिल्ला प्रशासनसहितका कार्यालयमा अनियमितता भइरहेको नेकपा माओवादी केन्द्र जिल्ला संगठन समितिले दावी गर्दै आन्दोलन थालेको छ । कर्मचारीहरुको लापरवाही र अनियमितताले सर्वसाधारणलाई व्यापक दुःख खेप्नु परेको भन्दै समितिले आन्दोलन थालेको हो ।

सर्वसाधारणको आधारभुत समस्याको समाधान गर्न संघर्ष थाल्ने निर्णय भएको माओवादी केन्द्र जिल्ला संगठन समितिका अध्यक्ष अशोक कुमार मण्डल ‘अमर’ले आइतवार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका छन् । ‘खास गरी मालपोत र जिल्ला प्रशासन कार्यालय भ्रष्टाचारको अखाडा बनेको छ’ उनले भने–‘सो कार्यालयहरुमा जनताले व्यापक दुःख पाउन थालेपछि यसलाई समाधान गर्न हामीले संघर्ष थाल्न बाध्य भयो ।’

तपाईको दावी अनुसार सो कार्यालयहरुमा भ्रष्टाचार भएको वा भइरहेको छ, त्यसको आधार के? भनि सोधिएको प्रश्नमा अध्यक्ष मण्डलले भने–‘त्यसको हामीसँग प्रमाण छ र आवश्यकताअनुसार हामी देखाउँछौं पनि ।’

पहिलो चरणमा हामीले सोमवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानार्कषणसहितको ज्ञापन पत्र वुझाउने निर्णय भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । यद्यपी, समस्या समाधान नभए थप सशक्त संघर्षमा जाने उनले चेतावनी समेत दिए ।

सोही पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलकै अध्यक्षतामा भएको थप निर्णयहरुबारे पनि जानकारी गराइएको छ । पार्टीलाई संगठनात्मक रुपमा बलियो पार्नको लागि विभिन्न कार्यक्रम, भेला, सम्मेलन, छलफलमार्फत सुदृढिकरण जाने जनाएको छ । जसकोलागि निर्णय गरेर स्थानीय तहअनुसार पार्टीआवद्ध नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी पनि तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अध्यक्ष मण्डलका अनुसार नगरपालिकातर्फ राजविराजको जिम्मेदवारी रामगमन साह, बोदे बरसाइनको दिलिप यादव, सुरुङ्गाको लक्ष्मि चौधरी, हनुमाननगर कंकालिनीको बसन्त मण्डल, डाकनेश्वरीको गोसाई इसर, कञ्चनरुपको अध्यक्ष मण्डल, शम्भुनाथको गणपति साह, सप्तकोशीको भरत पौडेल र खडकको अध्यक्ष मण्डललाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी गाउँपालिकातर्फ छिन्नमस्ताको जयप्रकाश साह, तिलाठी कोइलाडीको मुकेश यादव, बलान विहुलको अध्यक्ष मण्डल, रुपनीको हरिनारायण महतो, विष्णुपुरको जगजिवन राम, महादेवाको मनोज यादव, राजगढको सेर सिंह, तिरहुतको विशेश्वर प्रसाद यादव र अग्निसाइर कृष्णसवरणको जिम्मेवारी अध्यक्ष मण्डललाई दिइएको जनाएको छ ।

यो पनिः 

सेवाग्राही भन्छन्–‘मालपोतमा पैसा नदिई काम गराउन सकिदैन’ [भिडिओ]

Author:



क्याटोगरी छान्‍नुहोस