थप १३ जना कोरोना संक्रमितको मृत्यु, ४९६ संक्रमित थपिए

जनकपुरधाम । नेपालमा थप १३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका ५ जनाको विवरण सोही अवधिमा प्राप्त भएको छ ।

योसँगै नेपालमा हालससम्म ३ हजार ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार१६५ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस