तत्काल कुनै क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी हुँदै

जनकपुरधाम । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले खतराको संकेत देखाए पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने सरकारले निर्णय गरेको छ ।

सोमवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक्षिकलगायतका क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गरेको हो । अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र यससम्बन्धी थप रणनीति तय गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालले भने केही दिन अघि नै कम्तिमा तीना साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए ।

मन्त्रिपरिषद्ले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने तर, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको बताइएको छ । मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो ।

जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज (मंगलबार) सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस