बोदे बरसाईनमा यस वर्ष पनि नाककट्टा मेला नलाग्ने

उमेश कुमार साह
बोदे बरसाईन । सप्तरीकोको बोदे बरसाईन नगरपालिका–३ कुश्महारमा प्राचिनकालदेखि लाग्दै आएको लक्ष्मीनारायण अर्थात नाककट्टा बाबाको मेला यस वर्ष नलाग्ने भएको छ । कोरोनाको दोस्रो लहरका कारण मेला नलगाउन प्रशासनले आग्रह गरेपछि रोकिएको हो ।

गत वर्ष पनि कोरोनाकै कारण मेला रोकिएको थियो । यस वर्ष पनि छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गएकाले मेला आयोजन नगर्न स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।

नयाँ वर्षका दिन आयोजना हुँदै आएको मेलामा अत्यधिक भीडभाड हुने भएकाले संक्रमण फैलिनसक्ने आशंका गर्दै रोक लगाइएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस