सप्तरीमा भैंसीको डोरीमा अल्झिएर लडेकी वृद्धाको मृत्यु

राजविराज, ३१ चैत । सप्तरीको बलान विहुल गाउँपालिका–३ महुवामा भैंसीको डोरीमा अल्झिएर एक वृद्धाको मृत्यु भएको छ । सोमवार साँझ भैंसी चराउन खेतमा पुगेकी ७० वर्षीया जयावति देवी मण्डलको मृत्यु भएको हो ।

एक्कासी भैंसी उम्किएर मण्डलको दाँया हातमा डोरी अल्झिएपछि लडेकी उनलाई घिसार्दा टाउँको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

गम्भीर घाइते भएकी मण्डलको स्थानीय मेडिकल चन्हीतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । शवको मुचुल्का तयार गरी पोष्टमार्टमको लागि लहान पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस