नयाँ वर्षले नयाँ सोच एवं थप जोस जाँगर सृजना गराओस् : मुख्यमन्त्री राउत

राजविराज, ३१ चैत । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले जुडशितल (सिरुवा) पर्व र रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीसहित नेपालीहरुमा शुभकामना दिएका छन् ।

उनले मंगलवार संदेश जारी सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका हुन् । सूचनामा भनिएको छ, ‘नयाँ वर्षले सवैमा नयाँ सोच र थप जोस जागर सृजना गरी प्रदेशलाई समृद्धिको मार्गमा अग्रसर गराओस् भनि कामना गर्दछु ।’

वैशाख १ गतेदेखि नै इस्लाम धर्मावलम्बीहरुको पनि पवित्र रमजानको महिना सुरु हुँदैछ ।

Author:



क्याटोगरी छान्‍नुहोस