मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

विराटनगर, ३१ चैत । उदयपुरको कटारी नगरपालिका–४ सिम्लेमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमवार बेलुका मोवाइल चार्जमा लगाउने क्रममा ३९ बर्षीया मन कुमारी मगर दनुवारलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएकी दनुवारको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पठाइएकोमा सोही ठाउँमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस