मुख्यमन्त्रीको अपिलः कोरोना बढ्यो, माध्यमिक परीक्षा रद्द गर्नुस्

एजेन्सी । भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण ह्वात्तै बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले माध्यमिक परीक्षा (सीबीएई) रद्दा गर्न अपिल गरेका छन् ।

दिल्ली लगायत देशैभर ठूलो संख्यामा मानिसमा कोरोना संक्रमण र मृत्यु भएपछि मुख्यमन्त्री केजरीवालले परीक्षा रद्द गर्न अपिल गरेका हुन् ।

परीक्षामा हुने भिडभाडले कोरोना संक्रमण फैलाउन मद्दत गर्ने बताउँदै उनले तत्काल परीक्षा रोक्नुपर्ने धारणा राखे । भारतका दिन–दिनै कोरोना संक्रमितको संख्याले रेकर्ड बनाउँदै गएको छ । पछिल्लो तीन दिनमा त्यहाँ लगातार डेढ लाख भन्दा धेरै संक्रमित भेटिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस