काठमाडौंसहित ठूला शहरका विद्यालय एक महिना बन्द नगरी हुँदैन : स्वास्थ्य मन्त्रालय

जनकपुरधाम । दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयको सिफारिसअनुसार एक महिनाको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउनुपर्ने छ ।

संक्रमणका कारण ५ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर परेको मन्त्रालयको विश्लेषण छ । त्यसैले कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए ।

मन्त्री त्रिपाठीका अनुसार यसबारे कोभिड–१९ व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको तर यसबारे निर्णय हुन बाँकी छ ।

आगामी जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुन सक्ने पनि मन्त्री त्रिपाठीले बताए । उनका अुनसार सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780