थप ४६० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा थप ४६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८७० हजार ९८४ पुगेको छ भने २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालससम्म ३ हजार ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १५३ जना कोरोनामुक्त भएका छन् ।

योसँगै हालसम्म २ लाख ७४ हजार ३१८ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस