भारतमा थपिए २ लाख ६१ हजार भन्दा बढी संक्रमित, १५०१ जनाको मृत्यु

भारतमा पछिल्लो चार दिनदेखि दैनिक २ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ६१ हजार ५०० संक्रमित थपिएका छन्। भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या यो हालसम्म कै सबैभन्दा बढी हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको छ।

यस्तै,. १ लाख ३८ हजार ४२३ जना भने संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७७ हजार १५० जनाको मृत्यु भइसकेको छ।

भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख १ हजार ३१६ रहेको छ। आउने दिनमा संक्रमितको संख्या थप वृद्धि हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

Author:



क्याटोगरी छान्‍नुहोस