राजविराज । सार्वजनिक एवं पर्यटकीय क्षेत्रलाई सफा, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले नेपाल युवा परिषद् सप्तरी शाखाले अभियान सुरु गरेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा परिषद् सप्तरीका अध्यक्ष वरदान श्रेष्ठको अध्यक्षतामा शनिवार आयोजना गरिएको कार्यक्रमका बीच अभियान सुरु गरिएको हो । अभियानको पहिलो दिन शम्भुनाथकै प्रसिद्ध शम्भुनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको छ ।
अभियान सुरु गर्दै अध्यक्ष श्रेष्ठले यस क्षेत्रकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल शम्भुनाथ मन्दिर रहेकोले यसैबाट सुरु गरिएको र सरसफाई कार्यलाई निरन्तरता दिने बताए ।
नगर वाल सञ्जाल शम्भुनाथको समन्वयमा आयोजना गरिएको सरसफाई कार्यक्रममा सञ्जालका अध्यक्ष हेमन्त चौधरी, बजार वाल सञ्जालका सल्लाहकार समितिका अध्यक्ष शंकर कुमार साह, उपाध्यक्ष सचिदानन्द माझी लगायतको सहभागीता थियो ।