वीरगञ्जका स्कुल–कलेज वैशाख अन्तिमसम्म बन्द

वीरगञ्ज । पछिल्लो समयम वीरगञ्ज महानगरपालिकामा बढ्दै गएको कोरोना संक्रमणलाई थप फैलिन नदिन तथा त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले थप कडाइ गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालय,कलेज,ट्युसन सेन्टर, तालिम केन्द्र वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाइ शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ।

साथै विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा, चिकित्सा शिक्षाका प्रयोगात्मक कक्षा जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्ने प्रशासनले सूचनामार्फत जानकारी गराएको छ।

साथै वैशाख मसान्तभरि सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, हेल्थ क्लब, जिम,  स्विमिङ पुल, हाटबजार, आमसभा जुलुस,रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका क्रियाकलाप गर्न जिल्ला प्रशासनले रोक लगाएको छ।

विवाह, मेला महोत्सव, न्वारन, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक धार्मिक तथा साँस्कृतिक क्रियाकलाप गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

यसैगरि विवाह व्रतबन्धका लागि पार्टी प्यालेस बुक गर्दा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिइ २५ जना मात्र सहभागी हुने गरी गर्नु पर्नेछ।

सार्वजनिक यातायत सञ्चालन गर्दा सिटभन्दा बढी यात्रु राख्न नपाइने, चालक सहचालकले मास्क तथा भाइजर लगाउनु पर्ने, मास्क नलगाउनेलाई सार्वजनिक सवारीसाधनमा यात्रा गर्न नदिने, होटेल रेष्टुरेन्टमा काम गर्ने कामदार र ग्राहकले अनिवार्य मास्क लगाउनु पर्नेछ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780