अग्नी पीडितलाई आहतमा सांसद यादवको राहत

राजविराज, ७ वैशाख । प्रदेशसभा सांसद अभिषेक यादवले सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा आगलागी भएर पीडित बनेका परिवारलाई राहत उपलब्ध गराएका छन् ।

सप्तरी क्षेत्र नम्वर ४ (ख)बाट निर्वाचित उनी मंगलवार बलान विहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकास्थित पीडितको घरमै पुगेर राहत उपलब्ध गराएका हुन् ।

बलान विहुल–१ कमलदाहाका १ र सुरुङ्गा–११ खजनपुरका ३ परिवारलाई चालम, दाल, चिउरा, तेल, मुरही, कपडा, झूल लगायतका सामग्रीहरु उपलब्ध गराएको हो ।

केही दिनअघि मात्रै दुवै स्थानमा आगलागी हुँदा चार परिवारको घरसहित घरमा भएको अन्नपात, लत्ताकपडा, गरगहना पूर्ण रुपमा जलेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780