विराटनगरमा ४७ सहित प्रदेश १ मा ९७ जनामा देखियो कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार मंगलबार ५ सय २८ जनाको पीसीआर परीक्षण गरिएकोमा ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

यस क्रममा मोरङको विराटनगर महानगरपालिकामा १६ महिला र ३१ पुरुषसहित ४७ जनामा संक्रमण देखिएको छ।

मोरङको बुढीगंगामा ३, रंगेली र सुन्दरहरैंचा नगरपालिकामा समान २, कानेपोखरी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ११, धरान उपमहानगरपालिकामा ७, इनरुवा नगरपालिका र बर्जु गाउँपालिका २, गढी गाउँपालिका र बराह क्षेत्र नगरपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

झापाको विर्तामोड नगरपालिकामा ३, अर्जुनधारा नगरपालिकामा र झापा गाउँपालिकामा समान २, भद्रपुर, दमक, कनकाइ नगरपालिकासँगै कचनकवल, कमल गाउँपालिकामा समान १ जना संक्रमण भएको छ। पहाडी क्षेत्रतर्फ खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७ सय ९९ पुगेको छ। संक्रमितमध्ये २९ हजार ९ सय २३ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित ४ सय ४ पुगेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस