भारतमा काेराेनाकाे कहर: एकैदिन ३ लाखबढी संक्रमित

जनकपुरधाम । भारतमा पछिल्लो केही दिनदेखि काेराेना भाइरसकाे संक्रमण लगातार बढिरहेको छ । दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १५ हजार ८०२ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि (सोमबार) वैशाख ८ मा भारतमा दोस्रो धेरै २ लाख ९४ हजार २९० जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार १०२ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा लकडाउन

सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने पाँच सय ६८ जनाको ज्यान गएको छ । अब आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस