विद्युत तार सर्ट भएर मिर्चैयामा आगाे लाग्याे, सन्तु राउतको घर जलेर नष्ट

लहान । सिरहाकाे मिर्चैया नगरपालिका-६, जीवामा बुधबार साँझ भएको आगलागीमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

साँझ करिब सवा १० बजे विद्युतको तार सर्ट भई आगलागी हुँदा स्थानीय सन्तु राउतको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा रहेका सबै सामान पनि जलेको प्रहरीले जनाएको छ ।

राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउतको दाहिने हातमा आगाेले पोलेकाे छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट एक घण्टापछि आगो निभाइएकाे थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस