प्रदेश २ सहितका स्थानमा वर्षा, चट्याङको पनि सम्भावना

जनकपुरधाम, ९ वैशाख । प्रदेश २ लगायत देशका विभिन्न स्थानमा आज विहान वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ लगायत देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा पुगेको छ । यसकै असरले अहिले प्रदेश २ सहित, वाग्मती, प्रदेश १ लगायतका क्षेत्रमा वर्षा भएको उनले बताइन् ।

प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि कायमै रहेको उनले बताएकी छन् ।

यस्तो छ दिनभरको मौसम

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

रातिः देशभर पहाडी भू–भागहरुमा आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस