लहानको कामना नरर्सिङ्ग होमद्वारा जनस्वास्थ्यमाथि खेलबाड !

लहान, ८ बैशाख । सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नरर्सिङ्ग होमबाट जनस्वास्थ्यसँग खेलबाड गरी म्याद गुज्रेका औषधी विक्री गर्ने गरेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले गरेको अनुगमनबाट सो कुरा खुल्न आएको हो ।

‘अनुगमनको क्रममा हामीले कामना नरर्सिङ्ग होमबाट म्याद गुज्रेका औषधी र ल्याबका केही केमिकलहरु बरामद गरेका छौं’ घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले भने–‘सो औषधी र ल्याबका केमिकलहरु नियन्त्रणमा लिएका छौं भने सञ्चालकलाई कागजातसहित उपस्थित हुन पत्र समेत काटेका हौं ।’

यसैगरी नरर्सिङ्ग होम आसपासका केही पसल पनि अनुमगन गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले बताए ।

‘पवन किराना पसल एण्ड जेनरल स्टोर, सन्जु जेनरल स्टोर, ओम जेनरल स्टोर सहितका पसलहरु अनुगमन गर्दा सो पसलहरुमा पनि म्याद गुज्रिएका खाद्यन्न, पेय पदार्थ र खाने तेलहरु बरामद भयो’ उनले भने–‘सो सरसमानहरु तत्कालै नष्ट गरेर पहिलो पटकलाई चेतावनी दिएर छाडेका छौं ।’ अर्को पटक पनि त्यो पाइए कारवाही प्रक्रिया अघि बढाइने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780