जाली नोटको कारोबारी पक्राउ

राजविराज, ८ वैशाख । सुनसरीमा जाली नोटको कारोबारमा संग्लन तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान–१७ का महेन्द्र तामाङ छन् । उनीहरुलाई ईनरुवा नगरपालिकास्थित स्टार होटलबाट जाली नोटसहित पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुदा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780