अख्तियारले ‘स्टिङ अपरेशन’ गर्न नपाउने सर्वोच्चको फैसला

जनकपुरधाम, ८ बैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने व्यक्ति पक्रन गर्दै आएको ‘स्टिङ अपरेशन’ गर्न नपाउने फैसला गरेको छ । संवैधानिक इजलासले आजैका मितिबाट लागु हुने गरी अख्तियारलाई ‘स्टिङ अप्रेसन’मा रोक लगाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको बुधबार बसेको संवैधानिक इजलासले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा अख्तियारले स्टिङ अपरेशन गर्दै आएकामा यसविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोेच्चमा दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

सर्वोच्चले अख्तियारको नियमावलीको उक्त व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा ९१० बमोजिम बुधबारदेखि लागू हुने गरी अमान्य र बदर गरिदिएको हो । सर्वाेच्चको यो फैसलासँगै अख्तियारले स्टिङ अपरेशनका आधारमा दायर गरेका ४ सय मुद्दा खारेज हुने भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस