प्रदेश २ मा थप ९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ६५९ पुगे

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ७५, बारामा ९, रौतहटमा १, सर्लाहीमा ३, सप्तरीमा १ र प्रदेश बाहिरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय ५९ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस