सप्तरीमा गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

राजविराज, ८ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलवार साँझ आएको परीक्षण रिपोर्टबाट २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले मधेशलाइभलाई जानकारी दिए ।

उनका अनुसार संक्रमित तीन/चार दिनअघि भारतको पटनाबाट फर्किएका थिए । उनी हाल होम आइसोलेसनमा रहेको छ भने उनको स्वास्थ्य अवस्था समान्य रहेको जनाएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको ७ जना पुगेको निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस