कोरोना कहरः प्रदेश २ मा २५ जनाभन्दा बढी भेला हुन रोक

जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो लहर सुरुसँगै प्रदेश २ मा २५ जनाभन्दा बढीलाई एक ठाउँमा भेला हुन रोक लगाइएको छ।

मुख्यमन्त्री लालबाबु रावतको निवासमा शनिबार बसेको सर्वदलिय बैठकले २५ जनाभन्दा बढी सहभागी हुने सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिमा स्थानीय प्रशासनको सहयोगमा रोक लगाउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।

त्यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले चालेका कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरिएको छ। प्रदेश सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेको हो।

Author:



क्याटोगरी छान्‍नुहोस