सिरहामा आगलागीबाट ८ घर जल्यो, ५० लाख बढीको क्षति

लहान । एक्कासी सल्केको आगोले ८ घर पूर्णरुपमा जलेर नष्ट भएको छ । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा ८ घर आगालागीमा परि पूर्णरुपमा ध्वस्त भएको हो ।

लक्ष्मीपुर गाउँपालिका २ का वडाध्यक्ष धर्मेन्द्र राय दनुवारका अनुसार स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र , लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको बताएका छन् ।

लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् ।

यसैबीच आगलागीपीडित परिवारलाई गाउँपालिकाबाट तत्काल राहतस्वरुप प्रतिपरिवार २५ केजी चामल, दुई केजी दाल, दुई किलो नून, एक लिटर खाने तेल, आधाकिलो स्वायविन, दुई वटा साबुन, रु एक हजार नगद र एक थान त्रिपाल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस