भारतमा एकैदिन थपिए साढे तीन लाख संक्रमित

जनकपुरधाम । भारतमा कोरोना भाइरसबाट एकैदिन संक्रमित भएकाहरूको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् ।

यो संख्या कोरोना भाइरसको महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरूले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।

योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।

कुल संक्रमितमध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ ।

त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् । भारतमा गत  जनवरी १६ देखि कोरोना भाइरस विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट संक्रमित र मृतकको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780