कोरोना नियन्त्रण गर्न प्रदेश सरकारले बढाए सक्रियता

जनकपुरधाम, ११ वैशाख । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन सर्वदलिय संयन्त्र गठन गरेको छ ।

शनिवार विहान मुख्यमन्त्री लालबाबु राउतले आफ्नै निवासीमा आयोजना गरेको सर्वदलित बैठकबाट संयन्त्र गठन गरिएको हो । संयन्त्रले कोरोना महामारी नियन्त्रण गर्न सरकारले चालेको कदमहरुमा थप सहयोग र सहकार्य गर्नेछन् ।

समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित सर्वदलिय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन् ।

यसैगरी सोही बैठकबाट २५ जनाभन्दा बढी सहभागी हुने साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाईका लागि रोक्ने निर्णय समेत गरिएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस