कोरोनाबाट ४८ वर्षीय पुरुषको मृत्यु

विराटनगर ।  कोरोना भाइरसबाट संक्रमित बनेका एक व्यापारीको उपचारका क्रममा शनिबार बिहान विराटनगरमा मृत्यु भएको छ। सुनसरीको इनरुवाका व्यापारी ४८ वर्षीय पुरुषको बिहान ७ बजेतिर कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो।

केन्द्रका संयोजक एपोलो भगतकाअनुसार मृतकको ठेगाना भने विराटनगर महानगरपालिका–६ भनेर टिपाइएको छ। तर उनको स्थायी बसोबास इनरुवामै रहेको बताइएको छ। पारिवारिक स्रोतका अनुसार उनी इनरुवामा चस्माको व्यापार गर्थे।

चस्मा व्यापारी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि वैशाख ३ गते अस्पताल भर्ना गरिएको थियो। श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएका मृतकमा रुघा, खोकी र ज्वरोको समस्या रहेको संयोजक भगतले बताए। उनकाअनुसार मधुमेह सम्बन्धी पुरानै समस्या पनि थियो।

केही दिनअघि इनरुवाको एउटा विद्यालयमा अध्ययनरत १५ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये दुई जना मृतक पुरुषकै छोराछोरी रहेको बताइएको छ। उनलाई आफ्नै सन्तानबाट कोरोना सरेको हुनसक्ने आशंका गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस