कोरोनाको हब बन्दै वीरगन्ज

वीरगन्ज । वीरगन्जमा मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । वीरगन्जमा पछिल्लो दुई हप्तामा ६४७ कोरोनाका संक्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख ९ गतेसम्म १४ दिनको अवधिमा गरिएको परीक्षणमा ६४७ जनामा संक्रमण भेटिएको हो।

उनकाअनुसार वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख ९ गतेसम्म १ हजार ३ सय ३९ जनाको परीक्षण गर्दा ६ सय ४७ जनामा संक्रमण भेटिएको हो।

वीरगन्जमा पछिल्लो दुई हप्ता यता दिनहुँ हुँदै आएको परीक्षणमा जाँच गराएकामध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण भेटिने गरेको छ। बिहीबार राति थप पनि ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति १३८ जनाको स्वाब नमूना परीक्षण गर्दा ७८ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिए। ७८ संक्रमित मध्ये पर्सा जिल्लाको मात्रै ५७ जना छन्।

बाराका १८ जना, सर्लाहीका २ जना र धनुषाका १ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले बताए। वीरगन्जको नारायणी अस्पतालमा अहिले ३१ जना संक्रमित उपचाररत छन्। ती मध्ये १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अन्य अधिकांशलाइ अक्सिजन लगाएर राखिएको डाक्टर दासले जानकारी दिए।

कोरोनाको दोश्रो लहर शुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा ९ जनाको मृत्यु भएको छ।

वीरगन्जको नारायणी अस्पतालमा ७ जनाको र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको हो। मृतक ९ जनामध्ये पर्साका ७ जना तथा बारा र सर्लाहीका १/१ जना हुन्। बिहीबार मात्रै वीरगन्जमा कोरोनाका कारण २ जनाको मृत्यु भएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस