आज लोकतन्त्र दिवस

जनकपुरधाम । आज लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । २०६२/०६३ मा भएको १९ दिने जनआन्दोलनको जगमा भएकार राजनीतिक परिवर्तको सम्मान स्वरुप आज लोकतन्त्र दिवस मनाउन लागिएको हो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौ शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष लोकतन्त्र दिवस मनाइने गरिन्छ ।

सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयो । अन्ततः राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780