प्रदेश २ मा १६४ संक्रमित थपिए, सिरहाका एक पुरुषको मृत्यु

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ३०३ पुगेको छ ।

प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पर्सामा ८६, बारामा १०, रौतहटमा १५, सर्लाहीमा २, सप्तरीमा १५, सिरहामा ९, महोत्तरीमा ३ र धनुषामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरि सिरहामा एक युवकको मृत्युपछि कोरोना पुष्टि भएको छ। गोलबजार नगरपालिका ६ बस्ने ३४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको डा. कमलेश प्रसाद यादवले जानकारी दिए । उनका अनुसार  कोरोनाका लक्षण देखिएर सिकिस्त भएपछि वैशाख ६ गते स्थानीय भूमिजा अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि बाहिर लग्दै गर्दा बिहान १० बजे उनको मृत्यु भएको थियो।

मृत्युपश्चात स्वाब संकलन गरी परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस