भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ (बिहीबार)देखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा बन्द गरिनुपर्ने माग हुँदै आएको थियो।

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु अहिले स्वदेश फर्किन थालेका छन्। सरकारको निर्णयबाट उनीहरु प्रभावित हुनेछन्।

Author:



क्याटोगरी छान्‍नुहोस