भारतमा लगातार छैठौं दिन पनि तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिए

जनकपुर । भारतमा लगातार छैठौँ दिन पनि ३ लाखभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार ४३५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि (सोमबार) पनि भारतमा दोस्रो धेरै ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या एक करोड ७६ लाख २५ हजार ७३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४५ लाख ४५ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजार ५१३ छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार ७६४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या एक लाख ९७ हजार ८८० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस