नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

जनकपुरधाम । अध्यागमन विभागले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ नयाँ भेरिएन्टको बढ्दो जोखिमलाई मध्यनगर गर्दै नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र यसैलाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रामा रोक लगाएको हो ।

वैशाख १५ गते मध्यरातदेखि सो कुरा लागू हुने जनाएको छ । नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780