कोभिड–१९ को रोकथामः पर्सामा बिहिवारबाट निषेधाज्ञा

राजविराज, १४ वैशाख । पर्सामा बढ्दो कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणका निम्ति एक साताको लागि निषेधाज्ञा जारी भएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैकठबाट निषेधाज्ञा गर्न सिफारिस भएको हो ।

‘डिसिसिएमसीको सिफारिस अनुसार कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न एक साताको लागि निषेधाज्ञा जारी भएको छ’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ध्रव गिरीले मधेशलाइभलाई भने–‘वैशाख १६ गते (विहिवार) विहान ४ बजेबाट निषेधाज्ञा लागु हुनेछ ।’

बैखाश १६ गते विहान ४ बजेदेखि २२ गते (बुधवार) राति १२ बजेसम्मको लागि निषेधाज्ञा रहने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस