राजविराज, १४ वैशाख । सप्तरीमा मंगलवार एक चिकित्सकसहित १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा ४६ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ जनामा संक्रमण देखिएको अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित कुमार झाले जानकारी दिए ।
उनका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालका एक चिकित्सकमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी राजविराज नगरपालिकाका ६ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जना, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, महादेवा, अग्निसाइर कृष्णासरवन र रुपनी गाउँपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि आइतवार पनि सप्तरीमा एकै परिवारका ११ जनासहित १४ जना संक्रमित थपिएका थिए ।