चार्जमा राखिएको मोबाइलबाट कुरा गर्ने क्रममा सप्तरीका रामुले ज्यान गुमाए !

राजविराज, १५ वैशाख । मोबाइल चार्जमा राखेर बोल्ने क्रममा सप्तरीका एक किशोरलाई बुधवार दिउँसो करेन्ट लागेको छ । करेन्ट लागेर सुरुङ्गा नगरपालिका–१ तेतरियाका १६ वर्षीय रामु सदायको मृत्यु भएको हो ।

चार्जमा राखिएको मोबाइलबाट कुरा गर्ने क्रममा उनको बायाँ हातको औंलामा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका रामुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस