भारतमा कोरोनाबाट एकै दिन तीन हजार छ सयभन्दा बढीको मृत्यु

जनकपुर । भारतमा कोरोना भाइरस संक्रमणका कारणले एकै दिन थप ३ हजार ६४७ जनाको मृत्यु भएको छ । संक्रमण फैलिए यता भारतमा एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि बुधबार २४ घण्टामा ३ हजार २८५ जनाको मृत्यु भएको थियो । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ ।

पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४ हजार ८१२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार आठौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ५० लाख ७८ हजार २७६ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार ८ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस