पर्सामा एक साता निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन् (सूचीसहित)

जनकपुर । पर्सामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढेपछि आजदेखि एक सातासम्म निषेधाज्ञा लागु भएको छ । गत मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैकठको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले संक्रमणलाई प्रभावकारी रुपमा नियन्त्रण र रोकथाम गर्न निषेधाज्ञा जारी गरेका हुन् ।

संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकारअनुसार लागु गरिएको निषेधाज्ञा आज विहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागु रहनेछ । निषेधाज्ञा विपरित कार्य गर्नेलाई कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

निषेधाज्ञामा के खुल्छन्, के खुल्दैनन् ?

-औषधी उपचार एवं यस आदेशमा उल्लेख भएबमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाईने छैन ।

-सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन । विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट अनुमती लिएर मात्र गर्न पाईने छ ।

-मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षिको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त (पास) सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका नीजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुई पाङ्ग्रे समेत) सञ्चालन गर्न पाईने छैन ।

-खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने । खाद्य वस्तुका पसल, ब्यवसायहरु विहान १०ः०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी÷गराई खोल्न पाईने छ ।

-बीरगंज ईनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाईएको छ ।

-यस जिल्लाको ईनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्याइ स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्नेछ ।

-अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं नीजि सेवा प्रवाह हाललाई स्थगन गरिएको छ ।

-अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने छ ।

-मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवं जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सत्र्चालनमा ल्याउन सकिने छ ।

Author:



क्याटोगरी छान्‍नुहोस