जनकपुर । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।
भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन् ।
‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु,’ भट्टराईले ट्वीटमा भनेका छन्, ‘दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सत प्रयास र सबैको सद्भावले स्वास्थ्य लाभ हुने नै छ। केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ । कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौँ ।’
पेटको न्युरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाकालागि वीर अस्पताल भर्ना भएको छु।दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सद्प्रयास र सबैको सद्भावले स्वास्थ्यलाभ हुनेनै छ।केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहॅदा कामना छ-कोरोनाको दोश्रो लहरसंग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं! https://t.co/0MyYvDLoDv
— Baburam Bhattarai (@brb1954) April 29, 2021