प्रदेश २ सरकारले थप अक्सिजन र रेमडिसिभिर औषधी खरिद गर्ने

जनकपुरधाम, १६ वैशाख । प्रदेश २ सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर औषधी खरिद गर्ने निर्णय गरेको छ ।

बिहिवार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मधेश भवनमा आयोजना गरिएको उच्च स्तरीय बैठकले सो निर्णय गरिएको हो । जसका लागि प्रदेशका १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ५/५ लाख रुपैयाँ उपलब्ध गराउने पनि निर्णय भएको छ ।

यसैगरी रेमडिसिभिर औषधी १ हजार भाइल तत्काल खरिद गर्न प्रक्रिया सुरु गर्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णय भएको छ ।

बैठकमा सरोकारबाला निकायका प्रमुखहरुले महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नु पर्ने कदमबारे सुझाव दिएका थिए ।

प्रदेशका ८ वटै जिल्लामा पिसिआर मेसिन संचालनमा आइसकेको र जाँचमा समस्या नरहेपनि उपचारकालागि थप जनशक्ति परिचालन गर्ने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस